१९ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण आइतबार घटेर २ सय ४६ जना सङ्क्रमित भएका छन् । सतर्क नहुने प्रवृत्तिले सङ्क्रमण बढ्न थालेको विज्ञको भनाइ छ ।

पछिल्लो समय सबै भन्दा धेरै कोरोना संक्रमण हुनेमा प्रहरी रहेका छन् । हालसम्म नेपालमा २६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म सबैभन्दा बढी १ सय ५० जना प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमित हुनेमा प्रहरीका कार्यालय सहयोगीदेखि प्रहरी उपरीक्षक-एसपीसम्म छन्।
एक जना एसपी, ६ जना प्रहरी निरीक्षक-इन्सपेक्टर, १२ जना प्रहरी नायब निरीक्षक-सई, १७ जना सहायक निरीक्षक-असई, ६९ जना प्रहरी हवल्दार र ४ कार्यालय सहयोगीमा संक्रमण देखिएको छ।
अहिले सम्म संक्रमितमध्ये ८ जना महिला र २ सय ५९ जना पुरुष प्रहरी छन्। प्रहरी प्रधान कार्यालय वा उसको सोझै मातहतमा रहेर काम गर्ने ७३ जना र काठमाडौँ उपत्यकामा कार्यरत १४ जनामा कोरोना संक्रमण देखिएको छ।