
काठमाडौ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा बसेका छन् । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडी आइतबारदेखि क्वारेन्टिनमा बसेका हुन् ।
प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकको नियम अनुसार अन्य खेलाडी जस्तै सन्दीप पनि क्वारेन्टिनमा बस्नु परेको सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले बताए ।
यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइने बताइएको छ ।
सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्