Logo

यी हुन् मलेसियामा नेपालीलाई कुट्ने अर्का नेपाली



Spread the love

१९ साउन, काठमाडाैँ – मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट गर्ने व्यक्ति पनि नेपाली नै भएको खुलेसँगै उनको थप विवरण बाहिरिएको छ ।

सामाजिक सञ्जालमा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको भिडियो बाहिरिएपछि भएको अनुसन्धानबाट कुटपिट गर्ने पनि नेपाली नै भएको खुलेको हो ।

दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । सोही विज्ञप्ति अनुसार उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको हो ।

सामाजिक सञ्जालमा देखिएको भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् ।

दूतावासको विज्ञप्ति अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् । मुराउ

उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् । पीडित मलका सेक्युरिटी गार्ड तथा कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको

प्रतिक्रिया दिनुहोस्