Logo

स्वास्थ्य मन्त्रालयका डाक्टरको परिवारलाई कोरोना सङ्क्रमण



Spread the love

१९ साउन, काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एक जना डाक्टरको परिवारलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

परिवारमा श्रीमती, छोरा र ससुरामा कोरोना सङ्क्रमण देखिएता पनि डाक्टरको रिपाेर्ट भने नेगेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ ।

डाक्टरमा कोरोना पोजेटिभ नदेखिएको बताउँदै मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले डाक्टरलाई नै सङ्क्रमण भन्ने हल्लाको पछि नलाग्न आग्रह समेत गरेका छन् ।

डाक्टर समिर अधिकारीले बताए अनुसार परिवारमा कोरोना संक्रमित डाक्टर केही दिन पहिले वीरगञ्ज गएर काठमाडाैँ फर्किएका थिए ।

उनी अहिले पनि बिदामा रहेको र अहिलेसम्म पनि मन्त्रालयमा हाजिर नभएको डाक्टर अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्