Logo

कोरोनाबाट मृत्यु भएका पुरूषको परिवारमा १४ जनाको रिपोर्ट पोजेटिभ



Spread the love

१९ साउन, मोरङ – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत बुधबार मृत्यु भएका मोरङको रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुषको १४ जना परिवारमा कोरोना पोजेटिभ देखिएको हो ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दिएको जानकारी अनुसार कोरोनाबाट मृत्यु भएका पुरूषको कट्याक ट्रेसिङका क्रममा १ सय ५६ जनाको स्वाब संकलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ देखियो । ती मध्ये १४ जना मृतकका परिवारका सदस्य हुन् ।

विराटनगरका ४५ वर्षीय पुरूषको गत बुधबार धरानको विपी स्वास्थ्य प्रतिष्ठानमा मृत्यु भएको थियो ।

सोमबार मोरङमा कोरोना पुष्टि भएका अन्य पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका तथा तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्