Logo

सेना र पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२० साउन, वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार अबेर राति संक्रमण पुष्टि भएका ३४ मा वीरगञ्ज ब्यारेकका २८ देखि ३४ वर्षका ३ जना नेपाली सेना, पर्सा वीरगञ्जका २२ वर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका २० वर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १/१ जना डाक्टर रहेका नारायणी अस्पतालले जनाएको छ ।

साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्