Logo

पूर्वगोलरक्षक विकास बने राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षक



Spread the love

२० साउन, काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको गोलकिपर प्रशिक्षक विकास मल्ल बनेका छन् । राष्ट्रिय टोली गोलकिपर प्रशिक्षकविहीन बनेपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले मल्ललाई नियुक्त गरेको हो ।

मल्लले अब भदौ १ बाट सुरु हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा गोलकिपर प्रशिक्षकको जिम्मा सम्हाल्नेछन् ।

विकास नेपाली राष्ट्रिय टिमका पूर्वगोलरक्षक हुन् । सन् २००५–२०१३ बीच नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका गोलरक्षक रहेका विकासको घुँडाको चोटका कारण खेलजीवन लामो समय चल्न सकेन । कतारमा घुँडाको शल्यक्रिया गरिए पनि उनी खेलमा फर्कन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्