Logo

दिनप्रति दिन कोरोना संक्रमण बढ्दै जादा प्रदेश सरकारले ५ सय आइसोलेशन बेड थपने निर्णय !



Spread the love
प्रदेश २ : सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेसनमा पाँच सय शय्या थप गर्ने निर्णय

२० साउन, जनकपुर । केहि हप्ता यता प्रदेश-२ कोरोना संक्रमण निकै भयावह भएको छ । प्रदेश-२ मा दिनप्रति दिन कोरोना संक्रम बढ्दै गएको कारण प्रदेश सरकारले थप ५ सय आइसोलेशन बेड थपने निर्णय भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएका सर्वपक्षीय बैठकले प्रदेशमा उपचारसहितको पाँच सय आइसोलेशन शैय्या थप गर्ने निर्णय गरेको हो ।

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह लगायतका सहभागीतामा बैठक सम्पन्‍न भएको छ।

प्रदेशमा कोरोना संक्रमण भयावह भइरहेको समय आगामी रणनीति बनाउन मुख्यमन्त्री लालबाबु राउतले बोलाएका सर्वपक्षीय बैठकमा तत्काल पाँच सय बेडको उपचार सहितको आइसोलेशन बेड थपिने निर्णय भएको मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए।

मंगलबार मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्