Logo

१५ दिन कडा लकडाउन



Spread the love

२० साउन,काठमाडौं । उपत्यकासहित देशभरि नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुसँग गरेको छलफलमा फेरि लक डाउन लगाउन सुझाव दिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाएका छन् । 

केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षपनि लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्थालाई सहजतातिर लैजानु पर्ने धारणा पनि राखेको ओलीले बताए । 


यद्यपी कोरोनाको विषयमा केयरलेस हुँदै जाँदा भयावह स्थिति आउन सक्ने भएकाले सरकारले उचित निर्णय गरेर अघि बढ्नुपर्नेमा सबैपक्ष एकमत भएको उनले बताए । उनले भने, ‘विज्ञहरुले दिएको सुझावको आधारमा एमसीसी, स्वास्थ्य मन्त्रालय र क्याबिनेटमा छलफल गरेर उचित निर्णय गर्छु भन्नु भएको छ । आशा गरौं कोरोना नियन्त्रणमा सकारात्मक पहल होला ।’

नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागि छलफल पछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रकृयामा लैजाने बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने प्रतिवद्धता प्रधानमन्त्रीले गरेका छन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्