Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
३९०
संक्रमित
६१,५९३
निको भएका
४३,८२०

थप ४ दिन निषेधाज्ञा



२० साउन, बाँके – नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्