
एजेन्सी । गएराति भएको च्याम्पियनसिपको प्लेअफ फाइनलमा ब्रेन्टफोर्डलाई २-१ ले हराउँदै फुलहम प्रिमियर लिगमा फर्किएको छ।
एक वर्षपछि पुनः प्रिमियर लिगमा फर्किएको फुलहमले १३ करोड ५० लाख पाउण्ड पाउनेछ।
थप गरिएको समयमा जाए ब्रायनले १०५औं मिनेटमा गरेको गोलबाट फुलहमले अग्रता बनायो। ११७औं मिनेटमा ब्रायनले अग्रता दोब्बर बनाएको थियो।
अन्तिम मिनेटमा हेनरिक डल्सगार्डले गोल फर्काए पनि ब्रेन्टफोर्डका लागि त्यो पर्याप्त भएन।

प्रतिक्रिया दिनुहोस्