Logo

बुटवलमा “Web Designing Contest” सम्पन्न



Spread the love

CSIT Association of Nepal-Butwal ले मिति २०७४/८/२९ गते बुटवलमा “Web Designing Contest” कार्यक्रम  सम्पन्न गरेको छ । बुटवलमा Bsc.CSIT  अध्यायपन हुने कलेजहरु तिनाउ प्राविधिक कलेज ,नेपथ्य कलेज र बुटवल बहुमुखी क्याम्पसका बिधार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रम तिनाउ प्राविधिक कलेजको कम्पुटर ल्याबमा सम्पन्न भएको थियो । CSIT अध्यायनरत  विधार्थिहरुको वेव डिजाइनिङ प्रतिको गहिरो रुचिलाई मध्यनजर गर्दै उनीहरुलाई यस क्षेत्रमा थप प्रोत्साहन गर्ने उद्देश्य सहित सो कार्यक्रम आयोजना गरिएकॊ थियो । कार्यक्रममा भाग लिएका प्रतियोगीहरुलाई चार घण्टा भित्र वेव साइटका आधारभूत पक्षहरु समेट्ने गरि HTML ,CSS र Bootstrap प्रयोग गरि कुनै एक सस्थाको वेवसाइट बनाउन लगाइएको थियो ।

विभिन्न  कलेजका विधार्थीहरुको उत्साहजनक उपस्थीति रहेको सो कार्यक्रममा  Innovative Techno Consultant का प्रावीधिक गुरु अशोक गुरुङको समुहले निर्णायकको भूमिका निभाएकॊ थियो । विभिन्न कलेजमा विभिन्न सेमेस्टरमा अध्यायनरत बिधार्थीहरु सहभागी भएको सो प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसमा चौथो सेमेस्टर अध्यायनरत बिधार्थी नविन तामांग सो कार्यक्रमको बिजेता हुनुभएको थियो ।

( शिला अर्याल,  सचिव CSIT Association of Nepal-Butwal )

प्रतिक्रिया दिनुहोस्