
एजेन्सी । इंग्ल्यान्डविरुद्धको अन्तिम खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको छ । इंग्यान्डले दिएको ३ सय २९ रनको विजयी लक्ष्य आयरल्यान्डले ४९.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्यो ।
ओपनर पल स्टर्लिङले १ सय २८ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४२ रनको उत्कृष्ट इनिङ खेल्दै जित सहज बनाए । इंग्ल्यान्डका डेभिड विल्ली र आदिल रशिदले समान १/ १ विकेट हात पारे।

साउथह्याप्टनमा टस हारेर पहिले ब्याटिङ थालेको इंग्ल्यान्ड ४९.५ ओभरमा अल आउट हुँदै ३ सय २८ रन बनाएको थियो । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले ८४ बलको सामाना गर्दै१ सय ६ रन बनाएका थिए ।
आयरल्यान्डका क्रेग यौङले ३, जोश लिटिल र कर्टिस क्याम्फरले २–२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्