Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२९
संक्रमित
६६,६३२
निको भएका
४८,०६१

‘खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पुनः सोचिने’



२१ साउन, काठमाडाैँ – मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसङ्ख्याको जाँच गरिने बताएका थिए ।

मन्त्री ढकालले भने, “आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ । सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पिसिआर टेष्ट गरिने छ । हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ ।”

उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट गरे।

“बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ”, उनले भने । उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ ।

आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उनले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने सङ्केत गरे।

उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए । मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन् ।

साप्ताहिक खर्च विवरण दिइने

सो अवसरमा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना नियन्त्रण एवं रोकथाममा भएका खर्चको साप्ताहिक विवरण दिइने जानकारी दिए । उनले जोखिम नियन्त्रणका लागि समन्वय, सञ्चार र समुदायको सहभागितामा जोड दिइने बताउँदै सवारी साधनमा जोरबिजोर लागु गर्ने, हिँडडुलमा नियन्त्रण गर्ने, मानिस प्रवेश गर्ने २० नाकालाई १० मा झार्ने र विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टिनमा राख्नेबारे सोचाइ भइरहेको जानकारी दिए ।

मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले भेन्टिलेटर मात्र नभई अक्सिजन आपूर्ति प्रशस्त हुनुपर्ने बताउँदै कसैमा ५७ दिनपछि पिसिआर जाँच गर्दा पुनः कोरोना पोजेटिभ भएको जानकारी दिए । उनले समुदायस्तरमा महामारी नफैलिए पनि वीरगञ्जमा लोकल ट्रान्समिसन(क्लष्टर अफ केसेस) पाइएको भने स्वीकार्नुभयो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मिडियालाई रचनात्मक सुझाव एवं पृष्ठपोषणका लागि आग्रह गरे ।

रासस

प्रतिक्रिया दिनुहोस्