Logo

नुवाकाेटकाे विदुरमा निषेधाज्ञा



Spread the love

२२ साउन, नुवाकोट – कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटको आदेशअनुसार बुधबार साँझ ६ बजेदेखि नै अनिश्चित समयका लागि निषेधाज्ञा लगाइएको हो।

आदेशमा निषेधाज्ञा तथा ‘लकडाउन’ भन्ने शब्द उल्लेख नगरे पनि यसअघि कायम गरिएको सरहको ‘लकडाउन’ हुने गरेर कोरोना रोग नियन्त्रणका लागि आदेश जारी गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए।

उनका अनुसार बुधबारदेखि लागू हुने गरेर विदुर नगरपालिकाभित्रको सबै स्थानमा पास भएका तथा अतिआवश्यकबाहेकका यात्रुबाहकसहित सार्वजनिक यातायातका साधन सबै बन्द गरिने, क्वारेन्टिन तोकिएका बाहेकका सबै होटल तथा रेस्टुरेन्ट बन्द हुने, भेला सम्मेलन, धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्य अर्को निर्णय नभएसम्म रोक लगाउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्