Logo

३३ जना कर्मचारी कोरोना संक्रमण भए लगतै अख्तियार सिल



Spread the love

२२ साउन काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३३ जना कर्मचारी कोरोना संक्रमण भएका छन् ।

आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा १ जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएपछि अख्तियारमा सिल गरिएको हो।

अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरु पनि कार्यालय गएका छैनन्।

प्रतिक्रिया दिनुहोस्