Logo

युरोपा लिगको क्वारटफाइनलमा लिभरकुसेन, सेभिल्ला, वल्भ्स र बसेल



Spread the love

एजेन्सी। लिभरकुसन, सेभिल्ला, वल्भ्स र बसेल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा बिहीबार राति भएको खेलमा सेभिल्लाले रोमालाई २–० ले पराजित गर्दे अन्तिम आठको यात्रा तय गरेको हो ।

सेभिल्लाको जितमा सर्जियो रिगुइलन र युस्सेफ इन न्यास्रीले गोल गरे । २१औं मिनेटमा इभर बनेगाको पासमा सर्जयो रिगुइलनले गोल गर्दे सेभिल्लालाई सुरूवाती अग्रता दिलाए । ४४औं मिनेटमा युस्सेफले लुकास ओकम्पासको पासमा गोल गर्दै सेभिल्लाकाे अग्रता दाेब्बर गरे ।
अन्तिम समयमा रोमा १० खेलाडीमा समेटियो ।

वल्भ्सले बिहीबार राति नै भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई १–० ले तथा समग्रमा २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

यस्तै जर्मन क्लब लेभरकुसेनले रेन्जर्सलाई समग्रमा ४-१ ले पराजित गर्‍यो । पहिलो लेग ३-१ ले जितेको लेभरकुजनले दोस्रो लेगमा रेन्जर्सलाई १-० ले पराजित गरेको हो । लेभरकुजनका लागि माउसा डियाबीले ५१औ मिनेटमा गोल गरे ।

अर्को खेलमा बासेलले जर्मन क्लब एनट्राट फ्राङ्कफुर्टलाई समग्रमा ४-० ले हरायो । पहिलो लेग ३-० ले जितेको बासेलले दोस्रो लेगमा १-० को जित हात पारेको हो । बासेलका लागि फाबियन फेरीले ८८औं मिनेटमा गोल गरे ।

यी चार खेलको नतिजापछि क्वाटरफाइनलमा भिड्ने प्रतिद्‍वन्द्वीको पनि टुङ्गो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्