Logo

पर्सामा एकैपटक थपिए अहिलेसम्मकै सर्वाधिक संक्रमितहरु



Spread the love

२३ साउन, विरगञ्ज। पर्सामा एकैपटक १४१ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नारायणी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । यो संख्यामा पर्सामा एकैपटक संक्रमण पुष्टि भएको अहिलेसम्मकै सर्वाधिक हो ।

संक्रमितहरुमध्ये ४४ जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी छन्। त्यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्