Logo

साताकाे अन्तिम पनि सुनको भाउले बनायाे नयाँ रेकर्ड



Spread the love

२३ साउन, काठमाडाैँ। निरन्तर उकालाे लागेकाे सुनकाे भाउले आज नयाँ रेकर्ड कायम गरेकाे छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्