Logo

यी हुन् शुक्रबार कोरोनाबाट मृत्यु भएका पाँच जना



Spread the love

२३ साउन, काठमाडाैँ – नेपालमा शुक्रबार एकै दिन पाँज जनाको कोरोनाका कारण मृत्यु भएको छ । ती मध्ये केही पहिले नै कोरोना संक्रमित पुष्टि भएका थिए भने केहीमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

यस्तो छ शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संक्षिप्त विवरण

१. साउन २० गते आफ्नै निवासमा मृत ७९ वर्षीय पर्साका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।


२. गण्डक अस्पतालमा उपचारत पर्साका ५१ वर्षीय पुरूषको शुक्रबार निधन भएको छ ।

३.विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाका २५ वर्षीय युवकको बिहीबार मृत्यु भएको छ ।


४. सर्लाहीका ४५ वर्षीय पुरूषको पाटन अस्पतालमा शुक्रबार निधन भएको छ ।


५. पाटन अस्पतालमा उपचारत पर्साका ४५ वर्षीय पुरूषको शुक्रबार मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्