Logo

भारतमा यो हप्ताकै सबै भन्दा धेरैको मुत्यु



Spread the love

२३ साउन, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो ८ सय ९९ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ९ सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६० हजार २ सय ५० जना संक्रमित हुँदा ९ सय १६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा २० लाख ८७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये १४ लाख २७ हजारभन्दा बढी निको भइसकेका छन् भने ४२ हजार ५ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । गएको २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै काेरोना संक्रमित भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्