Logo

च्याम्पियन्स लिगबाट बहिरियो रियल, सिटी क्वाटरफाइनलमा



Spread the love

एजेन्सी । रियल मड्रिडलाई पराजित गर्दै म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात निकालेको हो ।

स्ट्रलिङले नवौं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै रियलले खेल बराबरीमा फर्कायो । तर, दोस्रो हाफमा जेसलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि रियलले गोल थप्न सकेन र सिटी २–१ ले विजयी भयो ।

प्रतिक्रिया दिनुहोस्