Logo

युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ बाट नै बाहिरियो



Spread the love

एजेन्सी ।इटालियन च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मदतले फ्रान्सेली टोली लियोनलाई २-१ ले पराजित गरेपनि युभेन्टस अगाडि बढ्न सकेन । समग्रमा २-२ को स्कोर भएपछि अवे गोलको आधारमा लियोन अगाडि बढेको हो ।

लियोनले १२ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लियो। ४० औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोको फ्रिकिक वालमा लागेर बहिरिदा युभेन्टसले समग्रमा अग्रता लिने अवसर गुमायो ।

प्रतिक्रिया दिनुहोस्