Logo

‘टिम कार्टून ’ले ल्याए नयाँ गीत (भिडियोमा )



Spread the love

युवा पुस्ताले निकै नै रुचाएको डान्स ग्रोउप ‘टिम कार्टून ’ले एक पछि अर्को नयाँ म्युजिक भिडियो ल्याएर दर्शकको मन मुटुमा राज गरेका छन् ।

उनीहरुले फेरी अर्को नयाँ गीत ‘सानी सानी’ बोलको म्युजिक भिडियो ‘टिम कार्टून ’को युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।


भिडियो ५ मिनेट ५३ सकेनको रहेको छ । सौरव तिमिल्सिनाको शब्द रहेको गीतमा अशुसेन लामाले संगीत भरेका छन् भने मोहन खतिवडाको स्वर रहेको छ । साजन चौहान, सुबिन चौहान, राम घले, लाक्पा डी लामासँगै कविता नेपाली र अशुसेनलामाले भिडियोमा अभिनय गरेका छन् ।


उक्त गीत आफ्नो टिमले निकै मेहेनत गरेर बनाएको छौँ दर्शकबाट निकै राम्रो प्रतिक्रिया आउने आशा गरेको निर्देशक लाक्पा डी लामाले बताए ।

फनिद्र राई एरेन्ज गरेको भिडियोलाई सुबिन चौहानले कोरियोग्राफि गरेका छन् । जितु तामांगद्वारा छयांकन गरेको भिडियोलाई लाक्पा डी लामाले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई राम घले र लाक्पाले नै निर्देशन गरेका छन् ।

भिडियोमा :

https://youtu.be/f6Do4ZkfYfM

प्रतिक्रिया दिनुहोस्