Logo

अभिषेकको पछिल्लो अपडेट



Spread the love

२४ साउन, एजेन्सी ।  पछिल्ला केही हप्तादेखि भारतमा भयावह बनेको कोरोना भाइरस थप जटिल हुँदै गएको छ । भारतमा एक दिनमा ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइरहेका बेला दैनिक ५ सयभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइरहेका छन् ।

यसैबीच भारतका अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका मुम्बईको नानावटी अस्पतालले जनाएको छ ।

अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्।अभिषेक २८ दिनपछि कोरानामुक्त भएका हुन्। कोरोना भाइरसको संक्रमण भएपछि अभिषेकका साथै उनका उनका बुवा अभिषेक बच्चन गत जुलाई ११ गते नानावटी अस्पताल भर्ना भएका थिए।

बच्चन परिवारका चार जनालाई कारोना भाइरसको संक्रमण भएको थियो। अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या यसअघि नै कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्