Logo

आज ३७८ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२४ साउन, काठमाडौं । आज थप ३७८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा याता ३७८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ५६, पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना तथा मकवानपुरका ६, रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्