Logo

कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु



Spread the love

२५ साउन, पोखरा। पोखरामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं १९ निवासी ६२ वर्षीय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहको बिरामीसमेत रहेका थिए। उनको हिजो शनिबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्