Logo

ब्राजिलमा कोरोना संक्रमणबाट एक लाख बढिको मृत्यु



Spread the love

एजेन्सी । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका ४९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या पनि ३० लाख नाघेको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । अहिलेसम्म एक लाख ४७७ जनाको मृत्यु भइसकेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो ५० दिनमा ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि दोब्बर भएको छ ।

प्रतिक्रिया दिनुहोस्