Logo

बुद्धको जन्म भारतमा भएको भारतीय विदेशमन्त्रीको अभिव्यक्तिमा कांग्रेसको आपत्ति



Spread the love

२५ साउन, काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले भगवान गौतम बुद्धको जन्म भारतमा भएको भन्ने भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिमा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनले दिएको अभिब्यक्तिमा आपत्ति जनाएका हुन् ।

शर्माले बुद्ध जन्मेको भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मेको अभिब्यक्ति नेपालको संसदमा दिइसकेको अवस्थामा फेरि पनि आपत्तिजनक टिप्पणी आउनु दुःखद भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्