Logo

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



Spread the love

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रबार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो ।जसमा ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको स्रोतले बताएका छन् ।

संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्