Logo

बिष्णु पौडेलका पिएसओलाई कोरोना संक्रमण



Spread the love

२५ साउन, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलको अंगरक्षक (पीएसओ)लाई कोरोना संक्रमण भएको छ।

बालुवाटारको जग्गा ४ लाखमा किनेर ...

शुक्रबार महासचिव पौडेलसहित उनका अंगरक्षकहरुमाथि गरिएको परीक्षणका क्रममा एक जना अंगरक्षकमा कोरोना संक्रमण देखिएको हो।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि  आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्