Logo

आज ३८० जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२५ साउन, काठमाडौं । आज थप ३८० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा याता ३८० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंमा ९०, पर्साका ७३ जना, धनुषाका ३७, मोरङका २८, बाँकेका २१, सप्तरी र कपिलवस्तुका १७/१७ जना, महोत्तरीका १५ र रुपन्देहीका १०, डोटीका ८, चितवनका ७, सुनसरीका ६, सिराहा, झापा, सर्लाही, बारा, नवलपुर, दाङ र जुम्लाका ४/४ जना, नुवाकोट र डडेलधुराका ३/३ जना, ललिपुर, बर्दिया, सुर्खेत र कालीकोटका २/२ जना तथा रौतहट, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, दैलेख र बैतडीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ५१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । उनीहरुमध्ये ७५ जनाको मृत्यु भएको छ भने १६ हजार ३५२ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्