Logo

भदाै १ गतेबाट हवाहवाई उडान तथा लामो दुरीका बस सञ्चालन नहुने



Spread the love

२६ साउन, काठमाडाैँ – सरकारले लकडाउन खुकुलाे गरेसँगै भदाै १ गतेबाट सञ्चालन हुने भनिएका हवाहवाई उडान नहुने भएका छन् । सीसीएमसी)को आइतबार बसेको बैठकले यो निर्णयलाई पछि सार्न सरकारलाई सिफारिस गरेको हो ।

(सीसीएमसी)को सो निर्णय १५ दिन पर सार्न सरकारलाई सिफारिस गरेसँगै हवाई उडान नहुने भएको हो ।

योसँगै भाद्र १ गतेबाटै खुल्ला गर्ने भनिएको अन्तरजिल्ला लामा तथा छोटा दुरीका सवारी साधन समेत १५ दिनका लागि पर सार्न सीसीएमसीले भनेको छ ।

नेपालमा कोरोना संक्रमणकाे जोखिम बढेकाे भन्दै सरकारलाई पूर्वनिर्धारित समयमाथि पुनर्विचार गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्