Logo

प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण



Spread the love

२६ साउन, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणमा बोलाइएका खेलाडी र कर्मचारीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ ।

फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले प्रशिक्षकको कोरोना परीक्षण गर्ने भएको हो ।

आज काठमाडौँ बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ ।

उपत्यका बाहिरबाट आएका ११ खेलाडी होटलमा बसेका छन्, भने २२ जना खेलाडी घरमा नै होम क्वरेण्टीनमा छन् ।

प्रतिक्रिया दिनुहोस्