Logo

भारतलाई नेपालको प्रश्न – गौतम बुद्ध भारतीय कसरी भयो ?



Spread the love

एजेन्सी। भगवान रामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्काे आलोचना भइरहेको बेला भारतका परराष्ट्रमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतका रहेको अभिव्यक्ति दिएका छन्। उनकाे यस्ताे अभिव्यक्तिले फेरी नेपाल र भारतबीच अर्काे विवाद सुरु भएकाे छ।

शनिबार भारतीय उद्योग परिसंघ (सीआईआई) को एक कार्यक्रममा उनले भनेका थिए , “जुन तपाईले याद गर्न सक्ने सबैभन्दा महान भारतीय एउटा गौतम बुद्ध र अर्को महात्मा गान्धी “।

उनकाे यस्ताे अभिव्यक्ति आएसंगै नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेकाे थियाे। जसमा भनिएकाे थियाे , “यो ऐतिहासिक र पुरातात्विक प्रमाणबाट स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको जन्म स्थान हो, जुन युनेस्को विश्व सम्पदा मध्ये एक हो”।

नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गौतम बुद्धको बारेमा भारतका विदेशमन्त्री एस जयशंकरको बयान आपत्तिजनक रहेकाे बताए । फेसबुकमा जारी गरिएको बयानमा माधव कुमार नेपालले यस्तो लेखेका छन् ,” भारतीय विदेश मंत्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धको बारेमा बयान अवास्तविक र आपत्तिजनक छ। भारतीय नेताहरूले व्यक्त गरेको असंवेदनशील वक्तव्य र गलत धारणाले दुई देशबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पार्छ। म नेपाल सरकारसँग औपचारिक रूपमा भारतसँग कुरा गर्न अनुरोध गर्दछु”।

यद्यपि, भारतीय विदेश मन्त्रालयले पछि यस विवादलाई शान्त पार्न को लागी एक विज्ञप्ति जारी गर्‍यो। भारतीय विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा भन्यो, ‘विदेशमन्त्रीले साझा बौद्ध सम्पदालाई संकेत गर्दै थिए। गौतम बुद्ध नेपालमा लुम्बिनीमा जन्म भएकोमा कुनै शंका छैन’।

प्रतिक्रिया दिनुहोस्