Logo

मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु



Spread the love

२६ साउन, काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ। साउन १५ गते अस्पताल भर्ना भएका ६४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार मृत्यु भएको हाे । ट्याङ्लाफाँटका उनि निमोनिया र मधुमेहको रोगी थिए।

अहिले मृतकको शव अस्पतालमै राखिएको र सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिएको ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्