Logo

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु पुष्टि



Spread the love

२७ साउन, धनुषा। धनुषामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु पुष्टि छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको हाे ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनी क्षयरोगले पनि सिकिस्त थिए ।

प्रतिक्रिया दिनुहोस्