Logo

कोरोनामुक्त हुन सांसद यादवको टिप्स, ‘दैनिक दुईवटा प्याज र २२ केसरा लसुन’



Spread the love

२७ साउन, काठमाडौँ। प्रदेश २ का सांसद प्रदीप यादवले कोरोनाभाइरसलाई जितेका छन् । उनले सामाजिक सञ्जालमा आफू कोरोनामुक्त भएको जानकारी दिएका हुन्।

उनले सुरक्षात्मक उपाय अपनाउन र भयभित नहुनु सबैसँग आग्रह पनि गरेका छन्। दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसे‍र हरेक दिन तीनपटक खाएको र तीन गिलास मह–कागती पानी तथा मौसमको जुस खाने गरेको उनले जानकारी दिएका छन्। साथै, बिहान आधाघण्टा र बेलुका आधाघण्टा जगिङ्ग र प्रणायम गर्ने गरेको बताए।

प्रतिक्रिया दिनुहोस्