Logo

दुई पत्रकारसहित थप २३ जनामा संक्रमण पुष्टि



Spread the love

२७ साउन, विराटनगर । विराटनगरमा पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित २३ जनामा संक्रमण पुष्टि भएको छ। गएराति गरिएको पीसीआर परीक्षणमा स्थानीय एक दैनिक पत्रिकाका सम्पादक र अर्का एक संवाददातासहित २३ जना संक्रमित थपिएका हुन्।

आज थप भएकासहित विभिन्‍न संचारमाध्यममा कार्यरत विराटगरका ६ जना पत्रकारमा काेराेना पोजिटिभ देखिएको छ ।

विराटनगर महानगरपालिका ९ मा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको  मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। योसँगै वडा नं. ९ मा कोरोना संक्रमितको संख्या ५० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्