Logo

कोरोना संक्रमणबाट मोरङका थप एक पुरुषको मृत्यु



Spread the love

२८ साउन, विराटनगर । कोरोना संक्रमणबाट मोरङका थप एक पुरुषको ज्यान गएको छ ।

बुधबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले २६ साउनमा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्