Logo

एन्फाका कर्मचारी तथा खेलाडीको कोरोना रिपोर्ट आयो !



Spread the love
No description available.

२८ साउन, एजेन्सी। एन्फका खेलाडी तथा कर्मचारीहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । एन्फाले बुधबार दिएको जाकारी अनुसार खेलाडी लगायत अन्य कर्मचारीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रशिक्षणको मिति नजिकिएसँगै खेलाडी लगायतको सोमबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । तर, भदौ १ गतेबाट हुने भनिएको प्रशिक्षण पनि भदौ १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सोमबार प्रशिक्षक किरण श्रेष्ठ, आविष्कार पुडासैनी, रञ्जित धिमाल, मिक्छेन तामाङ, विशाल राई, रवि शंकर पासवान, दर्शन गुरुङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ तथा पूजन उपरकोटीको स्वाब संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्