Logo

गुल्मीमा नार्डेक नेपालद्वारा जिल्ला स्तरीय छलफल



Spread the love

२८ साउन, गुल्मी – गुल्मीमा नार्डेक नेपालद्वारा जिल्लास्तरीय छलफल गरिएको छ । जिल्ला स्वास्थ कार्यालय गुल्मीको समन्वय तथा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल गुल्मीको आयोजनामा जिल्लास्तरीय समन्वय बैठक तथा छलफल आइतबार सम्पन्न भएको हो ।


राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालले आफ्नो संस्थालाई परिचय गराउने , यस परियोजनाको क्रियाकलाप , योजना तथा सम्पूर्ण गतिविधिको जानकारी गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा संस्थाले आफ्नो गतिविधिहरु कसरी कार्यान्वयन गर्ने तथा सम्पूर्ण योजनाको ढाँचाको बारेमा पनि जानकारी गराएको थियोे । संस्थाले अहिलेसम्मको आफ्नो प्रगति विवरण प्रस्तुत पनि गरेको थियो ।

जिल्ला स्वास्थ कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी प्रसाद शर्माको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा,जिल्ला अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्य,जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिह खड्का,सेभ द चिल्ड्रेन नेपालका बरिस्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह,वरिस्ठ कार्यक्रम संयोजक सुवास श्रेष्ठ, गैरसरकारी सस्था महासघका अध्यक्ष विष्णु प्रसाद भण्डारी,नेपाल पत्रकार महासघका अध्यक्ष नवराज भुसाल ,जिल्ला स्वास्थ कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति आचार्य,नार्डेक नेपालका अध्यक्ष शान्ति नेपाली,उपाध्यक्ष प्राध्यापक गुणानिधि शर्मा,कार्यकारी निर्देशक रेशम कुँवर लगायतका सरकारी,गैरसरकारी,निजि क्षेत्र र पत्रकारहरुको सहभागीता रहेको थियोे ।

कार्यक्रममा सेभ द चिल्ड्रेन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह,नार्डेक नेपालका परियोजना संयोजक राम बहादुर कुँवरले प्रदेश न.५ तथा गुल्मी जिल्लामा एचआईभी /टिबि कार्यक्रमको अवस्था र गुल्मी जिल्लामा संचालन गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली,प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा,तम्घास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम पाच्य लगायतका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र अन्य सहभागीले कार्यक्रमका बारेमा आ-आफ्नो सुझाव मन्तव्य राखेका थिए ।
कार्यक्रममा सरोकारवालाहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्