Logo

पुनरागमन जितसँगै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा



Spread the love

एजेन्सी । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाटकीय पुनरागमनपछि एटलान्टामाथि २–१ जित रच्दै युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा तय गरेको छ । गएराति भएको खेलमा इटालियन सिरी ए क्लब एटलान्टालाई २-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । हारको निश्चित संघारमा रहेर पीएसजी पुनरागमन जित निकाल्न सफल रह्यो।

खेलको २६ औं मिनेटमा जापाटाको पासमा मारिओ पोसालिसले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा नेयमारको पासमा मार्क्युनोसले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए। खेलको इन्जुरी समयमा केलियन एम्बप्पेको पासमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै महत्त्वपूर्ण जित दिलाए ।

पीएसजी २५ वर्षयता पहिलोपल्ट च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ ।अब फाइनल प्रवेशका लागि पीएसजीले आरबी लाइपजिग र एटलेटिको म्याड्रिडबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्