Logo

एक लाख माथि पुगेको सुनको मूल्य ह्वात्तै घट्यो नेपाली बजारमा



Spread the love

२९ साउन, काठमाडौँ। निरन्तर उकालो लागेर प्रतितोला एक लाख भन्दा माथि पुगेको सुनको मूल्य नेपाली बजारमा ह्वात्तै घटेको छ । एकैदिन छ हजार दुई सयले घटेर बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि घटेर एक हजार २१० रुपियाँ प्रतितोला कायम भएको छ ।

नेपाली बजारमा गत शुक्रबार सुनको मूल्य सबैभन्दा उच्च प्रतितोला एक लाख तीन हजार पाँच सय रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्