Logo

बाँकेका ३० जनाले कोरोनालाई जितेर घर फर्किए



Spread the love

२९ साउन, नेपालगञ्ज। बाँकेका ३० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै बाँकेमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ । पछिल्लो समयमा संक्रमितहरु बढ्दै गएको बेला विहिबार एकै पटक ठुलो संख्यामा संक्रमितहरु डिस्चार्ज भएका हुन् ।

निको भएर घर फर्किनेहरुमा आन्तरिक राजश्व कार्यालयका अधिकृतसहित कर्मचारी र उनका आफन्तहरु, त्रिभुवन चोकको मिठाइ पसलका परिवार तथा नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी रहेको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ६ सय ६७ पुुगेको छ । अहिले पनि २२५ जना आइसोलेसनमा उपचार गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्