Logo

थप ३५ जनामा कोरोना संक्रमण भएसँग उच्च जोखिम !



Spread the love

२९ साउन, काठमाडौँ। पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप मानिसमा संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।

संक्रमितहरु वीरगञ्जको घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।

सुरुमा भारतवाट फर्कनेमा मात्रै संक्रमण देखिएकोमा पछिल्ला समय अस्पताल, क्वारेन्टाइनबाट बाहिर अर्थात् समुदायस्तरमै संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्