Logo

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोमामा



Spread the love

एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा गएका छन् । मुखर्जी कोमामा गएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ।

८४ वर्षीय मुखर्जीलाई सोमबार सैन्य अस्पतालमा भर्ना गरिएको थियो र उनको मस्तिष्कको शल्यक्रिया हुनु अघि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य अवस्थामा सुधार नआएको र भेन्टिलेटरमै उपचार भएको पनि अस्पतालले जनाएको छ ।

त्यस्तै, मुखर्जीको निधनको खबरलाई उनको परिवारले खण्डन गरेको छ । प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले ट्वीटरमा लेखे, ‘मेरा पिता श्री प्रणब मुखर्जी जिवित हुनुहुन्छ र रक्त प्रवाहको हिसाबले उनको स्थिती स्थिर छ । केही सम्मानित पत्रकारद्वारा सोसल मिडियामा अड्कलबाजी गर्नु र झुटो खबर फैलाउनुले यो बताउँछ कि भारतका मिडिया झुटो समाचारको कारखाना बनिसकेको छ ।’

मुखर्जीकी छोरी शर्मिष्ठा मुखर्जीले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘मेरो पितासँग जोडिएको अफवाह गलत हुन् । विशेषगरी मिडियाकर्मी, मलाई फोन नगर्नुहोस् । अस्पतालबाट आउने सूचनाका लागि मैले फोनलाई फ्रि राख्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्