Logo

सुनको मूल्य फेरि उकालो लाग्यो



Spread the love

२९ साउन, काठमाडौँ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ । बुधबार एकै दिन तोलामा ६२ सय रुपैयाँ घटेकाे सुनको मूल्य बिहीबार बढेर तोलामा २३ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा तोलामा २४ सय रुपैयाँ बढेर तेजाबी सुन बिहीबार ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १२ सय ९५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्