Logo

१० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२९ साउन, हेटौंडा । आज बिहिबार मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा १० जना प्रहरीसहित ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । 

संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना र हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् ।

हेटौँडा-११ थानाभर्‍याङमा रहेको बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत ३ जना प्रहरीलाई कोरोना देखिएको छ ।

हेटौँडा-१० बसपार्क प्रहरी चौकीमा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हेटौँडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए । बसपार्क प्रहरी चौकीमै कार्यरत एक प्रहरीलाई केही दिनअघि संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्