Logo

आजदेखि काठमाडौं आवाज- जावज पूर्ण रूपमा रोक



Spread the love

२९ साउन, काठमाडौं । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।

काठमाडौंका जिल्ला प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको हो । अब अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रन पास दिने छैनन् ।

उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैनन्। गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्